राजेन्द्र श्रेष्ठ
गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ३ मा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीद्धारा कक्षा १२ को विद्यार्थीहरुलाई बिदाई तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले विद्यार्थीहरुलाई परीक्षाको सफलताको शुभकामना दिँदै आगामी शैक्षिक जिवनमा आफ्नो रुचि र योग्यता अनुसारको अध्ययन गरी गलकोट माध्यमिक विद्यालय र गलकोटको नाम उच्च राख्नको लागि आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । भने विद्यार्थीहरुले विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै कक्षा १२ का उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक देवेन्द्र बहादुर खत्री, निमित्त प्रधानाध्यापक राम बहादुर खत्री, सहायक प्रधानाध्यापक नवराज गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य तुलसी परियार, शिक्षकहरु दिपक शर्मा पौडेल, झलक पाण्डे, कमला सिंह खत्री, विद्यार्थीहरु आशिष विक, रोसनी भण्डारी, शिशिर परियार, शिशिर नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम शिक्षक अभिभावक संघ समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता, विद्यार्थी ममता नेपालीको स्वागत र विद्यार्थी मेघा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

