नेपाली संगीत क्षेत्रमा नयाँ गीत “चन्चले नानि सार्वजनिक भएको छ। रेखा थापाको प्रस्तुतिमा रहेको यस गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोताहरूको ध्यान आकर्षित गर्न थालेको छ।
गीतको भिडियोमा अन्जली अधिकारी र निर्मल क्षत्रीको आकर्षक अभिनय देख्न सकिन्छ। लोक–आधुनिक शैलीमा तयार गरिएको यस गीतमा नेपाली संस्कृतिको झल्को, नृत्य र दृश्यात्मक प्रस्तुति विशेष आकर्षणका रूपमा रहेका छन्।
नयाँ वर्ष २०८२ को अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकहरूले गीतको संगीत, प्रस्तुति र भिडियोको छायांकनको प्रशंसा गरेका छन्। गीत निर्माण पक्षले दर्शक तथा श्रोताहरूलाई आधिकारिक माध्यमबाट मात्रै हेर्न तथा सुन्न आग्रह गर्दै अनधिकृत डाउनलोड र पुनःअपलोड नगर्न अनुरोध गरेको छ।
