बागलुङ
जंगलमा पाइने फल (जंगली भ्याकुर) खाँदा जिल्लाको बडिगाड गाउँपालिका– ५ खारा बजारमा भोजराज घिमिरेको परिवारमा एक जनाको मृत्यु भएको छ । सोही फल खाएपछि अन्य आठ जना बिरामी भएका छन् ।
सोहि फल खाएपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने भएर ७२ वर्षीया फिरक कुमारी घिमिरेको मृत्यु भएको बताइएको छ ।यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, बिष्णु घिमिरे, सारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र बि.क., पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी हुनुभएको छ ।
बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरन्जीवि अधिकारीले जानकारी दिनुभयो ।
