शोभा जेसी/रुपन्देही रुपन्देही जिल्लाको ओमसतीया गाउँपालिका स्थानीय विवाद समाधानको क्षेत्रमा एक उदाहरणीय सफलता हासिल गर्न सफल भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका ६२ वटा विवादहरूमध्ये ४६ वटा (७४.१९%) विवाद सफलतापूर्वक समाधान गर्दै गाउँपालिकाले न्यायिक क्षेत्रमै अग्रणी उपस्थिति जनाउन थालेको छ। उक्त मुद्दामध्ये ३५ वटा न्यायिक समितिबाट र ११ वटा मेलमिलापकर्ताबाट निष्पादन भएका हुन्। यस्तो प्रभावकारी निष्पादनलाई स्थानीय स्तरमै न्यायको पहुँच स्थापित गर्ने सफल अभ्यासको रूपमा हेरिएको छ।
घुम्टे खबर
लगातार बढेको ८ कारोबार दिनपछि आज आइतबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ५० बजे ३ हजार १२ अंकसम्म पुग्यो । त्यसपछि बिक्री चाप बढ्यो । गत वर्ष साउन ३० गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमै पुगेको थियो । अहिले सोही अंकलाई बजारले प्रतिरोधका रुपमा सामना गरेको छ । ४ वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंक पुगेको रेकर्ड छ । आइतबार कारोबार रकम पनि उल्लेख्य बढेको छ ।…
गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् । इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्। गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ। इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् । बालबालिका लगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा…
देशको राजनीतिमा लामो योगदान पुर्याउँदै आउनुभएका नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको आज बिहान दुखद निधन भएको छ।उहाँको निधन बिहान ८ बजे, भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा भएको पुष्टि भएको छ। राजनीतिक यात्रामा अनेकौं जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङ, २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुख पदमा नियुक्त हुनुभएको थियो।उहाँ नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुनुहुन्थ्यो। राजनीतिक विभाजनको समयमा गुरुङले प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापतिको भूमिका पनि निर्वाह गर्नुभएको थियो।राजनीति मात्र होइन, सामाजिक नेतृत्वमा समेत उहाँको विशेष पहिचान थियो। उहाँले नवलपरासीको भूमि समस्या समाधान आयोगको अध्यक्षका रूपमा समेत कार्य गर्दै जनताका समस्यामा सक्रिय भूमिका खेलेका थिए।
म सधै जसो नियमित कार्यालयको कामकाज गरेर फुर्सदको समय बिताउने मेसोमा थिए । के गरु भनेर यर्थाथमा योजना, डायरी, कार्यक्रम,सोच,बैठक,भेला,चियाकफी गफ खासमा थिएन । घरपरिवारसँग पारीवारीक कुराकानी गर्न बाँकी समेत थियो । म विद्यामन्दिर पुस्तकालय २००३, बागलुङमा पुस्तक साटफेर गर्न जाने,स्वअध्ययनका लागि पुस्तकहरु अध्ययन गर्ने र छोरा हिम्मत थापा मगर र छोरी रुयासा थापा मगरलाई मेहनत साथ अध्ययन गर्नका लागि उत्प्रेरण गर्ने र भन्ने बाहेक औपचारिक कार्यक्रमहरुका लागि समय व्यवस्थापन भएको थिएन । सामाजिक सञ्जालहरुको दैनिक रुपमा बढी प्रयोग भएर होला मलाई साथीहरुको र छिमेकीहरुको मोबाइल नम्बरमा कम फोन आउने गरेको छ । नयाँ नयाँ साथीहरु पनि कम मात्रामा चिनजान…
पृष्ठभूमि मध्ययुग (५औँ–१५औँ शताब्दी) युरोपको इतिहासमा, सामन्तवादी आर्थिक प्रणाली, निरङ्कुश राजतन्त्र, र धार्मिक विश्वासमा आधारित वैचारिक मान्यताको विशेषता बोकेको कालखण्ड हो। यो अवधिलाई स्थिरता, जडता र नवीन चेतनाको अभावले अन्धकारमय युगका रूपमा पनि चित्रण गरिन्छ। यद्यपि, समकालीन विश्वको आर्थिक, सामरिक र ज्ञानको केन्द्र पश्चिमी संसार (पश्चिम युरोप, उत्तरी अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड) हो, जुन पछिल्लो दुई सय वर्षमा मात्र अग्रस्थानमा आएको हो। मानव सभ्यताको इतिहास हजारौँ वर्ष पुरानो छ, तर प्राचीन महान् सभ्यताहरू (सुमेर, हरप्पन, इजिप्ट, चिनियाँ) युरोपबाहिर, मुख्यतः एसिया र अफ्रिकामा विकसित भएका थिए । दक्षिण युरोपका ग्रिक र रोमन सभ्यता पनि मध्यपूर्वको प्रभावबाट प्रेरित भएको थियो। इस्वी संवत् प्रारम्भ…
“जनसंख्या र सम्भावनाको सन्तुलन” विश्व जनसंख्या दिवसको सन्दर्भमा विश्वको इतिहास हेर्दा, जनसंख्याको बसाई सराई सँगै सभ्यता सरे, संस्कृतिहरू फुले। एक ठाउँबाट अर्को ठाउँमा काम, खाने, बाँच्ने खोजीमा मानिसहरू बगिरहेका थिए, समय सँगै। तर आज, जहाँ कोही धेरै छन्, त्यहाँको जमीन थाकेको छ, शहरहरु अँगालो फैलिएर बाँझो जमिन गनगनाउँछ। र गाउँ खाली छन्, बाँच्न गाह्रो तर सम्भावनाहरू ओगटिरहेका। जनसंख्याले प्रतिस्थापन होइन, सन्तुलन खोज्नुपर्छ, किनभने जीवनको मूल्य, सङ्ख्यामा होइन, गुणस्तरमा हुन्छ। कसरी होस् जनसंख्या व्यवस्थापन? गुणस्तरीय शिक्षा — सबैका लागि, स्वास्थ्य सेवा — पहुँच योग्य, रोजगार सृजना — सीप अनुसार। परिवार योजना — बुझेको, अपनाएको, सामाजिक सचेतना — गहिरो र बहस युक्त।…
बागलुङको ताराखोलामा पिकअप दुर्घटना भएको छ ताराखोला देखि गलकोट हटिया आउदै गरेको ग १ ज ७१८९ नम्बरको बोलेरो पिकअप ताराखोला गाउपालिका वडा नं ३ पिरेचा बगरदेखि केहि तल गए राती करिब १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । ताराखोलाको करिमेलामा सञ्चालित परम्परागत असारे मेलाबाट १६ जना यात्रु लिएर फर्कदै गर्दा दुर्घटना भएको बताईएको छ । गाडी सडकबाट झण्डै ३० मिटर तल खसेको छ । गाडीमा सवार गलकोट नगरपालिका वडा नं ६ का प्रतिक श्रीस घाईते हुनुभएको छ । श्रीसको थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाका अन्य घाइतेहरुको गलकोट नगर अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी…
गएरातीदेखीको लगातार वर्षाका कारण गलकोट नगरपालिका वडा नम्वर १ को झाँक्रिस्थान र गलकोट नगरपालिका वडा नम्वर ९ को छिसदरबारमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा गलकोटदेखी बागलुङ, पोखरा, काठमाडौँ जाने, आउने यात्रुहरु, काठमाडौँबाट बुर्तिबाङ, रुकुम लगायतका स्थान, गलकोटबाट बुटवल जाने मानिसहरु अलपत्र परेका छन् । लोकामार्ग अहिले खुलाउने प्रयास भईरहेको जनाईएको छ । त्यस्तै गलकोट नगरपालिका वडा नम्वर १ को भण्डारवन, पेरीबाङ सडक, वडा नम्वर ४ को सल्याङ सुखौरा जाने सडक, वडा नम्वर ४ को नुवाकोटमा पहिरो जाँदा ३ घर उच्च जोखिम, वडा नम्वर ६ को चरौँदी, नेपाने, भुजुङ्गे सडक अवरुद्ध, वडा नम्वर…
थम्मन थापा/गलकोट बागलुङको गलकोट नगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा कृष्ण बहादुर खत्री नियुक्त हुनुभएको छ । उहाँले नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । खत्री युएईको अबुधाबी प्रहरीको अवकाश प्राप्त प्रहरी हुनुहुन्छ । लामो समय युएईमा प्रहरीको रुपमा काम गर्नुभएका उहाँ जिम प्रशिक्षक देखि प्रहरीमा कार्य सम्पादनमा अब्बल हुनुहुन्थ्यो । अवकाशपछि उहाँको विज्ञता गलकोटको नगर प्रहरी बलमार्फत उपयोग गरिने भण्डारीले बताउनु भयो । हाल गलकोट नगर प्रहरीमा करिब ३ जना कार्यरत रहेका छन् । तर यसलाई आवश्यकता र कामको चाप अनुसार संख्या बढाएर ५ जना सम्म पुर्याउन सकिने गलकोट नगरपालिकाले जनाएको…