धादिङको गजुरी गाउँपालिका-६ बेल्खुस्थित पृथ्वीराजमार्गमा माथिबाट आएको पहिरोले सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ। बिहान ८ बजे खसेको लेदोसहितको पहिरोका कारण सवारीसाधनको आवागमनमा अवरोध आएको हो। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार, हाल सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाउने कार्य जारी राखेको छ। सम्बन्धित निकायले अविलम्ब सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।
घुम्टे खबर
ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमा शनिबार मृत फेला परेको ललितपुर प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्। घटनाको अनुसन्धान भइरहेको छ। यसैबीच, ललितपुर महानगरपालिका-१० कुपोण्डोलस्थित वाग्मती करिडोरमा करिब ३५ वर्षको एक पुरुषको शव पनि फेला परेको छ। मृतकको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।
ललितपुर, हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेपछि उपचाररत एक महिलाको निधन भएको छ। अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हाम फालेकी ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान निधन भएको हो। प्रहरीका अनुसार, तामाङ थाइराइडको क्यान्सरको उपचारका लागि साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्। घटनाको कारण खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ।
गलकोट नगरपालिका वडा नं ३ स्थित वि एण्ड वि चोकमा हिजो साँझ ट्याक्सीको ठक्करबाट दुई जना पैदल यात्री घाइते भएका छन्। ध १ च ९११ नम्बरको ट्याक्सीले सवा ७ बजे ठक्कर दिँदा गलकोट नगरपालिका वडा नं ३ हटियाका ३४ वर्षीय पुष्पा बस्नेत साहनी र २ वर्षीय यरीना साहनी घाइते भएका हुन्। घटनामा ३४ वर्षीय बस्नेतको दायाँ खुट्टा र दायाँ हातमा चोट लागेको छ भने २ वर्षीय यरीना साहनीको दायाँ हातमा चोट लागेको छ। घाइते दुवैजनाको इमरजेन्सी पोलिक्लिनिकमा प्रारम्भिक उपचार पछि पोखरा रिफर गरिएको छ। घटनामा संलग्न ट्याक्सी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुरबाट दुई जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललितपुर महानगरपालिका-२५ नख्खुबाट प्रहरीले पक्राउ गरेको हो। भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल, तथा ६६ वटा प्रयोग भएका र नभएका सिरिन्जहरू बरामद गरेको छ। उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। प्रहरीको दाबीअनुसार उनीहरू लागुऔषधका प्रयोगकर्ता मात्र नभई बिक्रेतासमेत हुन्।
आज बिहान ३:४७ मा मनाङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन गरिएको छ।
ह्युस्टन शहरमा मुना पाण्डेको हत्या प्रकरणले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई स्तब्ध बनाएको छ। यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले बबि सिंह शाहलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। अदालतले शाहको जमानत अस्वीकार गर्दै उनलाई हिरासतमा राख्ने निर्णय गरेको छ।हत्याको मुख्य प्रमाणका रूपमा प्रहरीले सीसीटीभी फुटेज प्रस्तुत गरेको छ। फुटेजमा शाहलाई शनिबार साँझ ८:४० बजे मुना पाण्डेको अपार्टमेन्टको ढोकामा पुगेको देखिन्छ। उनलाई जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट, र पर्ससहित देखिएको छ। शाहले ढोकामा ठकठक गर्दै पाण्डेलाई ढोका खोल्न आग्रह गरेका थिए, र पाण्डेले “तिमी के गर्न लागेको?” भन्ने प्रश्न गरेको फुटेजको अडियोमा सुनिन्छ।जब पाण्डेले ढोका खोलेकी थिइन्, शाहले उनलाई…
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङमा एक दुःखद घटना घटेको छ, जसमा ग्रिनेड विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ र दुई अन्य बालबालिका गम्भीर घाइते भएका छन्। मृत्यु हुने बालिका २ वर्षीया प्रिन्सा साँवा हुन्।घटना बिहीबार अपराह्न साढे २ बजेतिर घटेको हो, जब तीनजना बालबालिका खेलिरहेको बेला विस्फोटक पदार्थ विष्फोट भयो। स्थानीयहरू घटनास्थलमा पुगेपछि घाइते अवस्थामा बालबालिकाहरूलाई फेला पारे। प्रहरीका अनुसार, घाइते बालिकाहरूमा डाँडागाउँ निवासी ११ वर्षीय दिप्सन साँवा र छिमेकी पवन राई पनि समावेश छन्, जसको क्रमशः फिदिम र बिर्तामोडमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलमा फलामको डल्लोजस्तो वस्तु विस्फोट भएको अवस्थमा फेला पारेको छ, जुन ह्याण्डमेड ग्रिनेड भएको अनुमान गरिएको…
बाजुरामा बिहीबार साँझ ७:३४ बजे भूकम्पको झट्का महसुस गरिएको छ। यो भूकम्पको केन्द्रविन्दु छिमेकी जिल्ला बझाङको मष्टा गाउँपालिका रहेको थियो, जहाँ ४.३ म्याग्नेच्युडको कम्पन मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। बझाङमा केन्द्रित यस भूकम्पको धक्का बाजुराका साथै वरपरका जिल्लाहरूमा पनि महसुस गरिएको छ। स्थानीय बासिन्दा भूकम्पको कारण त्रसित भए तापनि अहिलेसम्म कुनै ठूला क्षतिको विवरण प्राप्त भएको छैन।
गलकोट नगरपालिका–११, रिघामा आज साँझ करिब ४:३० बजे गोठमा आगलागी हुँदा गोठ र मकै जलेर क्षति भएको छ। गोठधनि देवी सुनारको अनुसार बारीबाट मकै सार्ने क्रममा अचानक आगलागी भएको हो। आगलागीको समयमा गोठमा भैंसी रहेको थियो, जसलाई समयमै निकालेर सुरक्षित स्थानमा राखिएको छ, जसले गर्दा मानवीय क्षति टरेको छ। आगलागीले गोठ र मकैमा क्षति पुर्याएको छ। भने स्थानीयहरु ती आगोलाइ नियन्त्रणमा लिएको छ।