घुम्टे खबर

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानी सुनपानीस्थित शिवालय मन्दिरको पुनःनिर्माण सम्पन्न गरी आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै समाजसेवी मानसिंह छन्त्यालले धार्मिक सम्पदाको संरक्षणले समाजमा एकता, सद्भाव र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मन्दिर हाम्रो आस्थाको धरोहर भएको बताउँदै यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको थियो । सुनपानी टोल विकास संस्थाका संयोजक तथा मन्दिर व्यवस्थापन समितिका संयोजक गंगबहादुर घर्ती पुनले मन्दिर निर्माणका लागि देश तथा विदेशबाट २० लाख ३ हजार ३ सय ५५ रुपैयाँ सहयोग संकलन भएकोमा १८ लाख ३० हजार ५ सय ५० रुपैयाँ खर्च भई बाँकी रकम व्यवस्थापन समितिको कोषमा…

Read More

नेपाली कांग्रेस वडा समिति पाण्डबखानीको आयोजनामा क्रियाशील सदस्यहरूबीच भेटघाट तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीलाई आगामी दिनमा कसरी थप प्रभावकारी रूपमा अगाडि बढाउने, संगठनलाई सुदृढ र शुद्धीकरण गर्ने, तथा आगामी निर्वाचनमा कसरी सफलता हासिल गर्ने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, प्रत्येक टोल–टोलमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गर्ने, पार्टीको झण्डा र स्टिकर (छाप) वितरण गर्ने निर्णयसमेत गरिएको जानकारी दिइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै तिलक घर्ति ले घण्टी पार्टी अत्यधिक प्रचारवादी मात्र भएको, स्पष्ट भिजन र लक्ष्य नभएको टिप्पणी गर्नुभयो। उहाँले नेपाली कांग्रेस सधैं जनताको सुख–दुःखमा साथ दिँदै आएको र आगामी दिनमा पनि जनताको हरेक समस्यामा साथ…

Read More

बडिगाडबाट हटिया जाँदै गरेको ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ९ बजे दुर्घटनामा परेको छ। उकालो चढ्ने क्रममा ब्रेक फेल भई गाडी अनियन्त्रित हुँदा सडकबाट करिब २५ मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनामा गाडीमा सवार ४ जनामध्ये २ जना गम्भीर घाइते भएका छन् भने अन्य २ जनालाई सामान्य चोट लागेको छ। गम्भीर घाइते हुनेमा ७२ वर्षिय याम बहादुर श्रीस रहेका छन्, उनको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसैगरी ५७ वर्षिय वेद बहादुर श्रीसको तल्लो भागमा गम्भीर चोट लागेको बताइएको छ। त्यस्तै, ४० वर्षिय लिल बहादुर श्रीस, को पेट तथा कोखमा चोट लागेको छ भने २०…

Read More

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले ३७ वटै वडामा एकैसाथ चुनावी अभियान सुरु गरेको छ। सोमबार दिउँसो ठीक १ बजे ‘एकै दिन, एकै समय, एकै साथ चुनाव प्रचारको सन्देश–फागुन ४’ भन्ने नारासहित वडा तहमा औपचारिक कार्यक्रममार्फत अभियान प्रारम्भ गरिएको हो। क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलका अनुसार निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुरूप फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसार अवधि निर्धारण गरिएको छ। सोहीअनुसार वडा तहबाट औपचारिक रूपमा चुनावी कार्यक्रम सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। बागलुङ–१ बाट काँग्रेसका उम्मेदवार भीम श्रीसलाई विजयी गराउन संगठन परिचालन तीव्र पारिएको पौडेलले बताए। क्षेत्रीय कार्यसमितिको संयोजनमा प्रत्येक वडामा…

Read More

नेपाल विद्युत प्राधिकरणले तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइनको परीक्षण कार्य आइतबारदेखि सुरु गरेको छ। प्राधिकरणका अनुसार परीक्षण प्रक्रिया सम्पन्न भएपछि विद्युत सेवा नियमित रूपमा सुचारु हुनेछ। तम्घास–९ उनाएचौर सवस्टेशनदेखि बागलुङको बुर्तिबाङ सवस्टेशनसम्म १३२ हजार भोल्ट विद्युत प्रवाह गरिनेछ। यो आयोजना कपिलवस्तुको मोतिपुरस्थित सवस्टेशनबाट सुरु भई अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बागलुङको बुर्तिबाङसम्म पुगेको छ। प्रसारण लाइन सञ्चालनमा आएपछि गुल्मी, बागलुङ तथा आसपासका जिल्लामा विद्युत आपूर्ति थप भरपर्दो र सुदृढ हुने अपेक्षा गरिएको छ। उच्च भोल्टेज प्रसारण लाइन भएकाले सर्वसाधारणलाई टावर वरपर नजान, नछुन, नचढ्न तथा संरचनाबाट सुरक्षित दूरी कायम गर्न प्राधिकरणले अनुरोध…

Read More

राजेन्द्र श्रेष्ठ आसन्न प्रतिनिधि सभा निर्बाचन बागलुङ जिल्ला क्षेत्र न २बाममोर्चाको साझा उमेदवार ज्ञामनाथ गैरे अनिल लाई अत्याधिक बहुमत बिजय गराउनको लागि नेपाली कम्युनिस्ट पार्टी र रास्ट्रीय जनमोर्चाको युबा तथा बिद्यार्थीको सयुक्त बैठक गलकोट नगरपालिका ३हटियामा आज एक कार्यक्रमको बिच सप्पन्न भयको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कम्युनिस्ट पार्टिको केन्द्रिय सदस्य भवानी पन्तले बागलुङ क्षेत्र २को बामपन्थी आन्दोको केन्द्र भयको र बिगतमा लगातार २निर्बाचनमा पनि हाम्रो गठबन्धको बिजय भयको क्षेत्र हो यसपल्ट हाम्रो गलकोट क्षेत्रको युबा नेता जसले बागलुङ क्षेत्र न २ र समग्र देसको परिवर्तन र बिकासको लागि आफ्नो ज्यानको बाजि लगायर काम गरि देसको ब्यबस्था परिवर्तन गरेको अब…

Read More

गलकोट नगरपालिका १० पान्डबखानि मा रहेको पान्डबखानि स्वास्थ्य चौकीको आयोजनामा आज नियमित HPV (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ।  किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। कार्यक्रमको उद्घाटन वडा अध्यक्ष भक्त बहादुर काउचाले किशोरीहरूको स्वास्थ्य सुरक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै HPV खोप पाठेघरको मुखको क्यान्सरबाट जोगाउने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले लक्षित उमेर समूहका सबै किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा जोड दिँदै अभिभावक तथा विद्यालय समुदायलाई सहयोग र सचेतना अभिवृद्धिका लागि आग्रह गर्नुभयो। अभियानअन्तर्गत १० जना किशोरीहरूले HPV खोप लगाएका छन्। खोप लगाइएका सबै विवरणहरू IEMIS मा अभिलेखीकरण गरिएको स्वास्थ्य चौकीले जनाएको छ।…

Read More

दमौली । आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालय, व्यास–१ विज्ञानचौर, दमौलीको संयुक्त आयोजनामा सम्पन्न तेस्रो अन्तरविद्यालय मिनी म्याराथन दौड प्रतियोगिताको उपाधि छात्रतर्फ कमल बिकले जितेका छन्। आज बिहान क्याम्पस परिसरबाट सुरु भई व्यास–१४ स्थित धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही मन्दिर परिसरमा पुगेर सम्पन्न ६.२ किलोमिटर लामो दौडमा महेन्द्रज्योति माध्यमिक विद्यालय, शिशाघाट व्यास–६, तनहुँका विद्यार्थी बिकले २१ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। प्रतियोगितामा बाग्लुङका बिमल नेपालीले २२ मिनेट ३६ सेकेन्डमा दूरी पार गरी दोस्रो तथा पर्वतका निश्चल रानाले २२ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। छात्रातर्फ पञ्चमुनी माध्यमिक विद्यालय, तनहुँकी…

Read More

बागलुङ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत ताराखोला गाउँपालिका–५ र बराहखोला–३ हिलमा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।ताराखोला गाउँपालिका–५ का वडा सभापति ओमबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रम तारा कडेलले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार टेकराज पौडेल, संविधानसभा सदस्य निरज पुन, जिल्ला सभापति जित सेरचन, समानुपातिक उम्मेदवार रेनुका काउचा, महाधिवेशन प्रतिनिधि भरत शर्मा, प्रदेश सभापति तिलक घर्ती लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै उम्मेदवार टेकराज पौडेलले ताराखोला–बराहखोला क्षेत्रका जनताले सधैं लोकतन्त्र र परिवर्तनको पक्षमा मत दिएको उल्लेख गर्दै अबको निर्वाचनमा पनि कांग्रेसलाई विजयी गराउने विश्वास व्यक्त गरे। “देशमा स्थायित्व, सुशासन र विकासका लागि नेपाली कांग्रेस अपरिहार्य शक्ति…

Read More

बागलुङ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा चुनावी सभा सम्पन्न गरेको छ ।सभालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार टेकराज पौडेलले लोकतन्त्र, विकास र सुशासन कांग्रेसको प्रमुख एजेन्डा भएको बताउनुभयो । उहाँले जनताको अधिकार संरक्षण गर्दै समग्र विकासमा कांग्रेस सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रमकै अवसरमा ओमप्रसाद श्रीसको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ भने वडास्तरीय सम्पर्क कार्यालयसमेत स्थापना गरिएको छ ।सभामा महाधिवेशन प्रतिनिधि भरत शर्मा गैरे, समानुपातिक उम्मेदवार रेनुका काउचा, जिल्ला सभापति जित…

Read More