गलकोट घुम्टे पर्यटन विकास केन्द्र, गलकोटको बैठक गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरमा सम्पन्न भएको छ। बैठकले सदाका वर्षझैं यस वर्ष पनि प्रसिद्ध घुम्टेको लेकमा सञ्चालन हुँदै आएको लालिगुराँस उत्सव आगामि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म घुम्टे लेकमा अवस्थित सिद्ध भैरव मन्दिर परिसरमा आयोजना गर्ने निर्णय गरेको छ।उत्सवको अवसरमा लाखबत्ती प्रज्वलन समेत गरिने निर्णय भएको छ। सो कार्यका लागि इच्छुक व्यक्ति, संघ–संस्था तथा समूहलाई सहभागिताका लागि अनुरोध गर्ने र दीप प्रज्वलनको आवश्यक व्यवस्था आयोजक संस्थाले गर्ने निर्णय बैठकले गरेको छ। त्यसैगरी, लालिगुराँस उत्सव तथा लाखबत्ती प्रज्वलन कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ। झंक बहादुर बस्नेतको…
घुम्टे खबर
काठमाडौं — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू हुने विषयमा सरकारलाई औपचारिक रूपमा जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा रहेको आयोगको टोलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा सरकारलाई आचारसंहिताबारे जानकारी दिएको हो।कार्यक्रममा निर्वाचन आयोगले आचारसंहितासम्बन्धी विशेष प्रस्तुतीकरणसमेत गरेको थियो। आयोगका अनुसार आज बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू गर्ने निर्णय गरेको छ।कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक हुने उल्लेख गरेको छ।
नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा बढ्दै पर्यटकको चहलपहलगलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा भन्ने स्थानमा अवस्थित रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, शान्त वातावरण र हरियालीले भरिपूर्ण यो पोखरी स्थानीयबाहेक बाहिरका मानिसहरूको नजरमा खासै पर्न सकेको थिएन। तर हालसालै रमुवा गाउँसम्म पुग्ने नयाँ ट्रयाक खुलेपछि वकरा क्षेत्रको परिचय विस्तारै फैलिन थालेको छ। सहज पहुँच बनेसँगै अहिले उक्त पोखरी अवलोकन गर्न, फोटो खिच्न, टिकटक भिडियो बनाउन तथा पिकनिक मनाउन जानेहरूको संख्या बढ्दै गएको छ। वडा सदस्य कुमार पुनका अनुसार, “पहिला यहाँ पुग्न निकै कठिन थियो। बाटो नहुँदा सुन्दर ठाउँ भएर पनि ओझेलमै रह्यो। अहिले ट्रयाक खुलेपछि…
पाण्डबखानी–रमुवा जोड्ने नयाँ ट्र्याक स्तरउन्नति कार्य तीव्रपाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरउन्नति सडक आयोजनामा हाल कटिङ कार्य २५ प्रतिशत सम्पन्न भएको छ। ३ किलोमिटर लम्बाइको यस सडक आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयबाट कुल ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सडक निर्माणको जिम्मा पाएको केसी निर्माण सेवाका प्रोप्राइटर योगेश भण्डारीका अनुसार हाल कटिङ कार्यलाई निरन्तरता दिइएको छ भने बाँकी सबै कामहरू तोकिएको मापदण्ड (स्ट्यान्डर्ड) अनुसार छिट्टै सुरु गरिनेछ। यसैबीच आयोजनाको स्थलगत अनुगमन इन्जिनियर चन्द्र पुन र निरज पुन, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, वडा सदस्य कुमार पुन तथा पत्रकार सुरेश छन्त्याललगायतको टोलीले गरेको थियो। अनुगमनका क्रममा निर्माण कार्य निर्धारित…
निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएकापदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुलेमान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतःअस्वीकृत भएको हो । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाहीआधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतःअमान्य भएको छ । निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।
गलकोट नगरपालिका वडा नम्बर ५ मा वडा स्तरीय कृषि मेला प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा रुस्दी युवा क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर उप–प्रमुख फमलाल निउरेले कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न यस्ता कृषि मेलाहरू प्रभावकारी हुने बताउनुभयो । उहाँले कृषि नै हाम्रो मुख्य आधार भएको उल्लेख गर्दै कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म प्रोत्साहन गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । साथै उहाँले स्थानीय उत्पादनको संरक्षण र व्यवसायीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।कृषि पेशाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा कृषकलाई प्रोत्साहन…
गल्कोट नगरपालिका–१० पाण्डवखानीमा अवस्थित सामाजिक संस्था पञ्चधारा युवा परिवारको आयोजनामा ऐतिहासिक तथा धार्मिक स्थल पञ्चधारामा “पञ्चधारा जाऔँ, ऋषिश्वरको दर्शन गरौँ, पुण्य कमाऔँ” भन्ने मूल नारासहित २९औँ वार्षिकोत्सव, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति मेला पुस २८ गतेदेखि सञ्चालनमा आएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं गल्कोट नगरपालिका–१० का वडाध्यक्ष भक्तबहादुर काउचाले यस्ता धार्मिक, ऐतिहासिक तथा सामाजिक कार्यक्रमले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। आयोजकका अनुसार मेलाअन्तर्गत पुरुष भलिबल, महिला भलिबल, पुरुष पौड भलिबल, महिला पौड भलिबल, साथै लोक नृत्य र कुर्ची दौड जस्ता खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। कार्यक्रम क्लबका अध्यक्ष चन्द्रलाल काउचाको अध्यक्षतामा…
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताको समय सकिँदासम्म सभापतिमा थापाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।
गलकोट नगरपालिका–१०, पाण्डबखानीमा अवस्थित पाण्डबखानी माध्यमिक विद्यालयमा आइतबार नवगठित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघको पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा विद्यालयको विद्यमान शैक्षिक, भौतिक तथा आर्थिक अवस्थाबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिएको थियो। साथै शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिका लागि आगामी दिनमा गर्नु पर्ने कामहरू लगायत विभिन्न महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल गरी निर्णय गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक नवीन सुनारले गर्नु भएको थियो।
गलकोट नगरपालिका–१० पाण्डबखानीमा अवस्थित पाण्डबखानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ गठन तथा अभिभावक भेला सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ समाजसेवी मानसिंह छन्त्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा यसअघि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघमा रहेर योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।नवगठित विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष तिलक घर्ती रहनुभएको छ भने सदस्यहरूमा शीतला पुन बराल, सुस्मा पुन, बैक, यदु कुमारी थापा, पृथ्वी बहादुर श्रीस, धनबहादुर थापा, भक्त बहादुर काउचा रहेका छन्। समितिको सदस्य–सचिवमा नरबहादुर सुनार चयन हुनुभएको छ।त्यसैगरी, शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी काउचा चयन हुनुभएको छ। संघको सदस्यहरूमा कर्णकुमारी…