घुम्टे खबर

बागलुङको हरिचौर–मल्म–पाण्डवखानी रणनीतिक सडक स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। ‘एक निर्वाचन क्षेत्र–एक रणनीतिक सडक’ कार्यक्रममा परेका ८ किलोमिटर सडकमध्ये हाल ७० प्रतिशत भौतिक प्रगति पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले दुई वर्षमा २५ प्रतिशत मात्र काम गरेपछि म्याद थपिएको थियो। म्याद थपिएसँगै काममा तीव्रता आएर ५ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार तयार, १ किलोमिटर ढलान सम्पन्न, र बाँकी २ किलोमिटरमा पूर्वाधार निर्माण जारी रहेको छ। सडक डिभिजनका इन्जिनियर सागर भण्डारीका अनुसार आर्थिक प्रगति ६० प्रतिशत पुगेको छ। हालको गतिमा पनि काम पूरा गर्न अर्को एक पटक म्याद थप्नुपर्ने सम्भावना रहेको उनले बताए।…

Read More

आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगले तोकेको समय सीमा आज (… मिति) साँझसम्म समाप्त हुँदैछ। आयोगले नयाँ दल दर्ता गर्न इच्छुक राजनीतिक समूहहरूलाई आजसम्म निवेदन पेश गर्न आह्वान गरेको हो। आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्ने व्यवस्था छ। आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा तथा माघ ११ गतेका लागि तय गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका प्रयोजनका लागि दल दर्ता खुला गरिसकेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म, र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि…

Read More

नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजनामा र प्रेस रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशको सहयोगमा सञ्चालित मोबाइल पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ। गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले समापन समारोहमा पत्रकारको क्षमता विकास र पेसागत सुरक्षामा आफ्नो कार्यालयले सधैं सहयोग गर्ने बताइन्। उनले मोबाइल पत्रकारिता तालिमबाट मल्टिमिडिया सामग्री उत्पादन र सम्प्रेषणमा पत्रकारहरूको दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्। डिजिटल माध्यमबाट मिथ्या र भ्रामक सूचना फैलिने जोखिम पनि उत्तिकै हुने उल्लेख गर्दै उनले पत्रकारले त्यसलाई चिर्दै व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा महासङ्घ, बागलुङका पूर्वअध्यक्ष हरिनारायण गौतम, रामबहादुर जिसी, उपाध्यक्ष तथा तालिम संयोजक सिर्जना पन्त, किरण आचार्यलगायतले पनि मन्तव्य राखेका थिए। प्रमुख अतिथि…

Read More

काठमाडौँ — नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हालेका छन्। प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ हिजो राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि कार्कीले कमाण्ड सम्हालेका हुन्। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो। आज बिहान उनले गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालय नक्साल पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। २४ भदौमा जेनजी आन्दोलनका क्रममा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि २३ भदौमा उपत्यकामा एआईजी नहुँदा कमाण्ड अस्थायी रूपमा रिक्त थियो। उपत्यका कमाण्ड अघि उनी मानव स्रोत साधन विभागका…

Read More

बागलुङका क्रियाशील पत्रकारहरूका लागि दुई दिने मल्टिमिडिया पत्रकारिता सम्बन्धी तालिम बुधबारदेखि सुरु भएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा सुरु गरिएको तालिमको उद्घाटन गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार हुँदै गएको बताउनुभयो। उहाँले प्रविधिमा दक्ष पत्रकारले मात्र आधुनिक समयमा प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गर्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। “पहिले मोबाइलबाट पत्रकारिता हुन्छ भन्ने गर्थ्यौं, अहिले त एआईको युग आइसक्यो,” भण्डारीले भनिन्, “स्थलगत रूपमा समाचार नपठाउने पत्रकार अहिलेको समयमा ढिलो भइसकेको हुन्छ। गण्डकीका सबै जिल्लामा…

Read More

स्वतन्त्र पार्टि गलकोट नगरपालिका १० पाण्डबखानीको प्रथम वडा अधिवेशन सम्मपन्न भएको छ। कार्यक्रममा तथर्थ समितिका सभापति यामलाल वुढाको सभापतित्यो गण्डकी प्रदेश संगठन विभागका सदस्य खिमान्द पौड्यालको प्रमुख आथितित्यामा याम वुढाको सभापतित्योमा ११ सदस्य रहनेगरि वडा कार्यसमिति चयन भएको छ । जसमा उप सभापतिमा तिल श्रीस, कोषाध्यक्ष यामुना पुन, सचिव उत्तम काउचा सदस्यमा मनिषा वि.क लगाएत ११ सदस्य रहेको कार्यक्रममा रास्पाका सदस्य टेक बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बडिगाड गाउपालिकाका सभापति रमेश घिमिरे, जैमुनि नगरपालिका सभापति राजेन्द्र शर्मा, गलकोट नगर सभापति राजेन्द्र पुन, सुनिता विसी, ढालेन्द्र रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनु…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गलकोट नगरपालिका–१० पाण्डबखानीले यही आश्विन (असोज) ३० गते प्रथम वडा अधिवेशन गर्ने भएको छ। उक्त अधिवेशनमा जिल्ला सभापति तथा नगर सभापतिको विशेष उपस्थितिमा कार्यक्रम भव्यरूपमा सम्पन्न गरिने तयारी गरिएको वडा समितिले जनाएको छ। कार्यक्रम गलकोट नगरपालिका १० पाण्डबखानीस्थित सिएमसी भवन, गैराभाटीमा बिहान ११ बजे सुरु हुनेछ। अधिवेशनलाई सफल, सभ्य र दमदार बनाउनका लागि देश तथा विदेशमा रहनु भएका अग्रज व्यक्तित्वहरू, सफल व्यवसायी, समाजसेवी, युवा तथा स्थानीयवासीहरूबाट आर्थिक, भौतिक, नैतिक तथा सम्यगात्मक सहयोग प्राप्त भइरहेको आयोजकहरूले बताएका छन्। स्थानीय बुबा–आमा, दिदीबहिनी र दाजुभाइहरूलाई अधिवेशनमा सहभागी भई आफ्नो गरिमामय उपस्थिति जनाउन रास्वापा पाण्डबखानी वडा समितिले हार्दिक अनुरोध गरेको छ।

Read More

गलकोट नगरपालिका १० पाण्डबखानीका दल बहादुर घर्ति “दिप” बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। उनी सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकका रूपमा आर्थिक सशक्तिकरण र सहकारी संस्कृतिको विकासमा सक्रिय छन्। सहकारीमार्फत समुदायमा बचतको संस्कार, आर्थिक सहकार्य र आत्मनिर्भरता अभिवृद्धि गर्ने उनको प्रयास उल्लेखनीय छ। साथै, उनी घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्षका रूपमा स्थानीय सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएका छन्। यो भूमिकाले उनीभित्रको सांस्कृतिक प्रेम र जिम्मेवारीबोधलाई स्पष्ट देखाउँछ। माध्यम क्षेत्रतर्फ, उनी घुम्टे खबर डटकमका अध्यक्षका रूपमा सूचना र समाचार क्षेत्रको सुदृढीकरणमा योगदान दिँदै आएका छन्। सत्य, निष्पक्ष र स्थानीय सरोकारका समाचारहरूलाई प्राथमिकता…

Read More

गलकोट नगरपालिका वडा नम्बर ३ हटिया लोकतन्त्र चोकमा आज बिहान एक घरमा आगलागी भएको छ । बिहान करिब ७ बजे हटिया निवासी गोकुल खड्काको घरमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा ल्याउनका लागि प्रहरी र स्थानीय बासिन्दाले प्रयास जारी राखेका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीका अनुसार घटनास्थलमा दमकल र सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन । थप जानकारी आउँदैछ…

Read More

नेपालीहरुको महान पर्व बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउनेउत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापनागरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथाप्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाकोप्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाईसमृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्ने र राज्य सञ्चालकले ११बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा.बासुदेव कोइराला (वासुदेवकृष्णशास्त्री)ले जानकारी दिनु भयो । विजयादशमी आफैंमा शुभ दिन हो । टीका जमरा शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो । त्यसैले प्रसाद ग्रहण गर्न सामान्यमानिसले साइत खोज्नु नपर्ने मान्यता छ,’ डा.कोइराला भन्नुहुन्छ, ‘तर राज्य सञ्चालकहरुले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्नेभनेर साइत निर्धारण गरिएको हो ।’ समितिका अर्का सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम छ । कसैलाईटाढा जानुपर्ने वाध्यात्मक अवस्थामा भने बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उहाँले बताउनु भयो ।कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ। विदेशमा रहेका नेपालीले पनि एकापसमा जम्मा भई दशैं मनाउने गर्छन् ।

Read More