घुम्टे खबर

पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको हो । बागलुङ र रूकुम पूर्व सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।क्षतिको विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

बागलुङको ताराखोला गाउँपालिका–१ मा दुर्गबहादुर पाइजा मृत अवस्थामा फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनको मृत्यु अरिङ्गालको टोकाइका कारण भएको प्रष्ट भएको प्रहरीले जनाएको छ। वडा–१ मा पर्ने मर्स्याङ्दी खोलानजिकै स्थानीय जगबहादुर छन्त्यालको गोठमा मंगलबार बिहान पाइजा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनेबित्तिकै भातखानेडाँडा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि) देवराज काफ्ले नेतृत्वको टोली पनि दिउँसो घटनास्थल पुगेको थियो। प्र.ना.नि काफ्लेका अनुसार मृतक पाइजाको शारीरिक अवस्था पहिले देखि नै कमजोर रहेको र दुई दिनअघि अरिङ्गालले टोके पनि समयमै उपचार नगर्दा मृत्यु भएको देखिएको छ।…

Read More

विश्वकर्माको पूजा किन गर्ने ? देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि व्यक्तिले बिहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभी अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै व्यक्तिहरुका लागि देवता हुन् । यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्त्व पनि उत्तिकै बढी छ । ‘पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घरघरमा उनको पूजा हुन थालेको छ,’ सांस्कृतिविद चन्द्रमोहन झा पड़वा भन्छन् । विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई…

Read More

देशभर जेन जेड समूहले सञ्चालन गर्दै आएको आन्दोलनका क्रममा राजधानीको बालुवाटार क्षेत्रमा भएको हिंसात्मक घटनामा गलकोट नगरपालिकाका दुईवटा सवारी साधनमा आगजनी भएको छ। गलकोट नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको टोली २५ साउनकै दिन प्रशासनलाई ज्ञापनपत्र बुझाउन काठमाडौं गएका थिए। टोली फर्कने क्रममा प्रयोग गरिएका गाडीहरू बालुवाटार परिसरमा पार्किङ गरिएको अवस्थामा आन्दोलनकै बीचमा आगजनी हुँदा दुबै गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्। आगलागीमा ग.१झ ३२५ नम्बरको इस्कार्पियो र ध.१झ १८ नम्बरको पिकअप जलेर नष्ट भएका छन्। घटनापछि गलकोट नगरपालिकाले विज्ञप्ति जारी गर्दै देशभरका विभिन्न स्थानमा ज्यान गुमाएकाहरूको आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै घाइतेहरूको शीघ्र…

Read More

राजधानीको ठमेलस्थित टाइगर ट्राभल्स एण्ड टुर्स (प्रा.) लि. ले नेपालभर यात्रा तथा भ्रमण गर्ने पर्यटक र यात्रुहरूका लागि सस्तो र सुविधाजनक दरमा सबै प्रकारका सवारीसाधन भाडामा उपलब्ध गराउने सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका प्रबन्ध निर्देशक टेक पुन मगर का अनुसार अब टाइगर ट्राभल्समार्फत इलेक्ट्रिक मोटरदेखि पेट्रोल र डिजेल इञ्जिनमा आधारित साना–ठूला सबै खालका सवारीसाधन सजिलै भाडामा लिन सकिन्छ। “हामीसँग साना देखि ठूला सवारीहरूको विकल्प उपलब्ध छ। ग्राहकको रोजाइअनुसार मूल्य निर्धारण हुने भएकाले सेवा सबैका लागि सहज हुन्छ,” मगरले बताए। नेपालभित्रको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै कम्पनीले ‘पहिला देश घुमौँ, अनि विदेश घुमौँला’ भन्ने नारासहित सेवा विस्तार गरेको जनाएको छ। इच्छुकले कम्पनीको…

Read More

दसैँका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्न पाइने भएको छ। यस वर्ष विजया दशमी असोजको १६ गते परेकाले भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने भएको हो। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नयाँ नोट साट्न सकिने छ। साथै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणलगायत विभिन्न संघ/संस्थाले कारोबारको समयमा नोट साट्न पाउने छन्।

Read More

बागलुङ – उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता गिता श्रीष काउचा थापा सर्वसम्मत निर्वाचित भएकी छन्। शुक्रबारदेखि शुरु भएको बारको ३३औं अधिवेशनबाट उनी निर्विरोध अध्यक्षमा चयन भएकी हुन्। जिल्लामा पहिलो महिला अध्यक्षको रूपमा निर्वाचित भएकी श्रीष यसअघि बारको सदस्य थिइन्। प्रारम्भमा अधिवक्ता हरिकृष्ण सुवेदीले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका भए पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि श्रीष निर्विरोध अध्यक्ष बनेकी हुन्। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठका अनुसार उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमाशंकर सापकोटा, कोषाध्यक्षमा रामराजा कँडेल चयन भएका छन्। त्यस्तै सदस्यमा नरेन्द्रप्रताप सिंह बुढाथोकी, तेजेन्द्र थापा, प्रकाश बराल र लक्ष्मीदेवी जिसी निर्वाचित भएका छन्। मानवअधिकार समितिको…

Read More

बागलुङको जैमिनी–१० राङखानी नाम्दुकमा आज एक पिकअप जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। बागलुङ बजारबाट बरेङ गाउँपालिका–१ बास्कोटतर्फ जाँदै गरेको ग १ ज ७४८० नम्बरको पिकअप जीप घुम्ती मोड्ने क्रममा स्टेरिङ फेल भई सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा पिकअप चालक बरेङ गाउँपालिका–१ का रवि थापा, सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन महानगरपालिका–२६ की ज्योती मगर घाइते भएका छन्। दुर्घटनाग्रस्त जीपमा ९ जना सवार रहेका थिए। घाइतेहरूको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

गल्कोट नगरपालिका ५ हरीचौरस्थित इलाका प्रहरी कार्यालय गल्कोट परिसरमा नव निर्मित दुर्गा भवानी कालिका भगवती मन्दिरको भदौ १२ गते एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। उट्घाटन कार्यक्रममा बोलदै प्रमुख अथिति समेत रहनु भएका जिल्ला अदालत बागलुङका माननीय जिल्ला न्यायाधीश रमेशकुमार शर्माले मन्दिर केवल धार्मिक आस्था र पूजाआजाको केन्द्र मात्र होइन, यो नैतिकता, सद्भाव र अनुशासनको प्रतीक पनि हो। इलाका प्रहरी कार्यालयले समाज र सुरक्षाको जिम्मेवारी वहन गर्दै यस्तो धार्मिक स्थल निर्माण गर्नु प्रशंसनीय कार्य हो। यसले प्रहरी र समुदायबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने बताउनु भयो कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत बागलुङका माननीय जिल्ला न्यायाधीश रमेशकुमार शर्मा उपस्थित रहेका थिए।…

Read More

गलकोट नगरपालिका वडा नम्वर ११, रिघामा धर्म पोखरी युवा समाजद्वारा आयोजित तीज मेला–२०८२ आजदेखि सुरु भएको छ। मेलाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्मर बहादुर श्रीसले युवा समाजले खेलकुदका मात्र नभई समाज विकासमा समेत योगदान दिनुपर्ने बताएका छन्। मेलाअन्तर्गत आयोजना गरिएको खुल्ला फुटबल प्रतियोगितामा १२ समुहको सहभागिता रहेको छ। उद्घाटन खेलमा गलकोट–११ स्थित शिव मिलन युवा क्लब लाम्चे र गलकोट–९ स्थित छिस युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो, जसमा छिस युवा क्लबले विजयी सुरुवात गरेको हो। कार्यक्रम समाजका अध्यक्ष सुमन पुन घर्तीको अध्यक्षता, प्रगतिशिल आमा समूहकी अध्यक्ष जमुना राना श्रीसको स्वागत तथा सदस्य साजन वस्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

Read More