घुम्टे खबर

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘हृदयघात भएको रहेछ ।’ इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले मात्र सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

Read More

घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गलकोट नगरपालिका वडा नम्बर १० को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर काउचाले सहकारीले समुदायको आर्थिक सशक्तीकरणमा खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो। उहाँले सहकारीले बचत, लगानी तथा आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आगामी दिनमा पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित सेवामार्फत अझ प्रभावकारी बन्दै जाने विश्वास व्यक्त गर्नुभयो। साथै, साधारणसभा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण पदाधिकारी, सदस्य तथा कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्नुभयो। सभामा अध्यक्ष प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो। सहकारीमा हाल ३०० जना बाल बचतकर्ता र ६५१ जना शेयर सदस्य रहेका छन्। आर्थिक विवरण प्रस्तुत गर्दै सदस्य…

Read More

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र बनाइएको छ। महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी रहँदा काठमाडौँ उपत्यकाका विभिन्न सडक कांग्रेसका झण्डाले सिँगारिएका छन्। यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायत प्राविधिक तयारी अगाडि बढाइएको आयोजक समितिले जनाएको छ।स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। “भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माण सुरु भइसकेको छ,” उनले बताए। आयोजक समितिका अनुसार विशेष महाधिवेशनमार्फत पार्टीको सन्देश कार्यकर्ता तथा आम नागरिकसम्म पु¥याउने अपेक्षा गरिएको छ। यसैबीच, महाधिवेशनमा सहभागिताका लागि देशभरका विभिन्न जिल्लाबाट कांग्रेस…

Read More

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ आयोजना हुने भएको छ। शाखाको रजत वर्षका अवसरमा जिल्लामै पहिलोपटक मिडिया मेला गर्न लागिएको हो। दुई दिनसम्म चल्ने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), कि–नोट स्पिच, बागलुङ जन्मथलो भएका पत्रकारहरूको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री तथा उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनसम्बन्धी बहस, ‘लाइभ पेन्टिङ’ लगायतका कार्यक्रम समावेश गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिए। मेलाकै अवसरमा शाखाले रजत वर्षमा प्रकाशन गर्न लागेको पत्रकारिता सम्बन्धी पुस्तकको विमोचन तथा रजत स्मारकको अनावरण पनि गरिनेछ। मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अग्रज…

Read More

गृह मन्त्रालयले बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा कृष्णप्रसाद आचार्यलाई खटाएको छ। यसअघि बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ पर्वतको कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेपछि गुरुङ निलम्बनमा परेका थिए। प्रजिअ पद रिक्त रहेपछि गृह मन्त्रालयले आचार्यलाई बागलुङ पठाएको हो। जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले नयाँ विश्वलाई उक्त जानकारी दिनुभएको छ।

Read More

झापास्थित भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर बाहिर पुगेको छ। काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ९०१ अवतरणपछि ओभर रन भई रन–वे छेउको घाँसे क्षेत्रमा पुगेको हो।राति करिब ८ः२० बजे भएको घटनामा जहाजमा आंशिक क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। यद्यपि जहाजमा सवार ५१ जना यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन्।भद्रपुर विमानस्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार जहाज धावनमार्गको अन्तिम विन्दु पार गरी करिब १५० मिटर अगाडि पुगेको थियो। जहाज पानी बग्ने कुलेसोमा पुगेपछि रोकिएको उनको भनाइ छ।नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक रूपमा…

Read More

पर्वतको कुश्मा नगरपालिकामा ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा बागलुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङ तत्कालका लागि निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका गुरुङसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन्। आयोगका प्रवक्ता सुरेश न्यौपानेले आदर्शलाई यसबारे जानकारी दिएका छन्। अख्तियारले बिहीबार विशेष अदालतमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र निर्माण व्यवसायी लालबहादुर मल्लविरुद्ध आरोपपत्र दायर गरेको हो। अनुसन्धानअनुसार कुश्मा नगरपालिका–७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको काम अलपत्र पारेर ठेकेदार र कर्मचारीको…

Read More

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले उम्मेदवारको नाम सिफारिस गरेको छ। मंगलबार बागलुङ बजारमा सम्पन्न जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा तर्फ बागलुङ क्षेत्र नं. १ र २ का लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो। बैठकले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ राप्रपाका केन्द्रीय सदस्य देवीप्रसाद कँडेल, गण्डकी प्रदेश सदस्य सुरज खड्का, बागलुङ नगर समितिका अध्यक्ष डिल्ली आचार्य तथा युवा नेता शैलेन्द्र आचार्यको नाम सिफारिस गरेको छ। त्यस्तै बागलुङ क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ राप्रपा बागलुङका उपाध्यक्ष डम्मर केसी र गण्डकी प्रदेश सदस्य अंचल शाही सिफारिस भएका छन्। यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ राप्रपाका केन्द्रीय उपाध्यक्ष दिलविकास राजभण्डारी, गण्डकी प्रदेश सदस्य…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्ने आदेश दिएको हो। जिल्ला अदालत रुपन्देहीले आफ्नो भागको बिगो रकम दाखिला गर्दा पनि रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा थुनामुक्त हुन निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Read More

बागलुङ।आठौँ बागलुङ महोत्सवको अवसरमा हेलिकप्टरमार्फत जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलको दृश्यावलोकन गराइने भएको छ। यही पौष ११ गतेदेखि सुरु हुने महोत्सवमा पञ्चकोट, भकुण्डे, भैरवस्थान, पर्वतको कुश्मा लगायतका क्षेत्रसम्म हेलि टुरको व्यवस्था गरिएको हो। गण्डकी प्रदेशअन्तर्गत विशेषगरी धौलागिरी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य र धार्मिक सम्पदाको प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले हेलिकप्टरमार्फत दृश्यावलोकनको व्यवस्था गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार आफ्ना अभिभावक माता–पितालाई हवाई यात्राको अनुभव गराउन चाहने वा विशेष धार्मिक स्थलमा लैजान चाहनेहरूका लागि यो अवसर उपयुक्त हुनेछ। बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पौष ११ गतेदेखि बाङ्गेचौर खेल मैदानमा महोत्सव सञ्चालन हुँदैछ। व्यापार,…

Read More