घुम्टे खबर

गलकोट नगर अस्पतालमा प्राथमिक र आधारभुत स्वास्थ्य सुविधा उपलब्ध हुनेगरी व्यवस्थित गर्ने कुरामा संघिय मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता नेपाल सरकारका स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालहरुले सेवा दिने हुन् र सबै अस्पतालले एउटै प्रकारको सेवा दिन सक्दैनन् भन्नेमा जनताहरु स्पष्ट हुनुपर्ने बताउनुभएको छ । गलकोट नगर अस्पताल गलकोट नगरपालिका वडा नम्वर ५ मा आकस्मिक प्रसुती र नवजात शिशु सेवा (सिईओएनसी) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त भनाई राख्नुभएको हो । उहाँले अस्पतालको पहिचान त्यसले दिने सेवाको आधारमा हुने बताउँदै आधारभुत अस्पतालबाट विशिष्टकृत अस्पतालमा रिफरल प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । मन्त्रि पौडेलले नयाँ जग राखेर त्यसलाई पूर्णता गर्न…

Read More

सरकारले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ। साथै स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने सरकारले निर्णय गरेको छ।

Read More

नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । “बिहान ११ बजेको आसपासमा केही समय आंशिक रूपमा सेवा अवरुद्ध भएको थियो । अहिले सबै सेवा नियमित सञ्चालन भइसकेका छन् । खास गरी पोष्टपेड र प्रिपेड मोबाइलको फोन गर्दा समस्या देखिएको थियो”, उनले भने। प्रवक्ता ढकालले के कारणले कति समय मोबाइल सेवा अवरुद्ध भएको थियो भन्नेबारे प्राविधिक…

Read More

गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताउनुभएको छ ।जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो ।थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गर्नुभयो । उहाँले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए काँग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताउनुभयो ।महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने…

Read More

गलकोट नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै दरमखोला र गौदीखोलामा माछा मार्न निषेध गरेको समय थप गरेको छ ।  गलकोट नगरपालिका भई बग्ने दरमखोला र गौदीखोलाको असला माछा नेपालमै प्रसिद्ध हुनुको साथै गलकोटको चिनारीको रुपमा रहेको असला माछाको संरक्षण गर्नु स्थानिय सरकार र समुदाय सबैको साझा कर्तव्य भएकोले गलकोट नगरपालिकाले जलचर संरक्षण कार्यविधि २०८० तर्जुमा गरी गत आर्थिक वर्षदेखी नै माछाले फुल पार्ने अवधिमा माछा मार्न प्रतिवन्ध लगाई माछा संरक्षणको कार्य गर्दै आईरहेको छ । खोलामा माछा प्रतिवन्ध गर्दा माछाको उत्पादन उल्लेख्य रुपले वृद्धि भएको प्रतिक्रिया आम नागरिकबाट समेत प्राप्त भएको सूचनामा उल्लेख गरिएको छ । विगतमा जस्तै यस वर्ष पनि असला माछाले…

Read More

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि ७ जना घाइते भएका छन् ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरिक्षक सुरज खड्काका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो । जिप दार्चुलाको मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको थियो । घाइतेहरुको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन बाँकी छ । जिपमा थप यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट…

Read More

मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो । शरीरको प्याङक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन नगर्दा वा शरीरको इन्सुलिनलाई प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा उत्पन्न हुने स्वास्थ्य समस्या नै मधुमेह हो । इन्सुलिन एक प्रकारको हर्मोन हो, जसले रगतमा ग्लुकोज नियन्त्रण गर्छ । इन्सुलिनमा आउने गडबडीले रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रामा पनि गडबडी आउँछ । गर्भवतीको ग्लुकोज लेभल ९५ हुन्छ । अन्य व्यक्तिको सामान्य अवस्थामा १०० हुनुपर्छ वा खाना खाएको दुई घण्टापछि १४० हुन्छ । त्योभन्दा बढी भएको अवस्थालाई मधुमेह भनिन्छ । समयमै नियन्त्रण नगर्ने हो भने यसले शरीरका धेरै प्रणाली विशेषगरी स्नायु र रक्तनलीहरुमा गम्भीर क्षति पुर्‍याउन सक्छ । तीन दशकयता…

Read More

नेपाली कांग्रेस गलकोट नगर समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको मर्म बुझ्न आवश्यक रहेको बताउँदै युवा पुस्ताहरुलाई अझ बढि बुझ्न र बुझाउन आवश्यकता रहेको बताउनुभएको छ । उहाँले विपिको विचार र सिद्धान्तमा लाग्न आग्रह गर्दै पार्टीको नीति र रणनीतिको बारेमा बताउनुभएको थियो । उहाँले पार्टी र क्लव फरक रहेको बताउँदै पार्टी सत्तामा जानको लागि निर्माण भएको क्लव विभिन्न कार्यक्रम गर्न र आर्थिक समृद्धिमा रुपान्तरण गर्न गठन भएको बताउनुभएको थियो…

Read More

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।बागलुङको जैमिनी नगरपालिका-७ बाट बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान अर्जुवामा दुर्घटना हुँदा सवारी चालकसहित ५ जनाको मृत्यु भएको हो ।दुर्घटनामा १ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार हुँदैछ । मृतकको पहिचान भने खुल्न सकेको छैन् । 

Read More

बसमा ४० जना हाराहारी यात्रु छन् । रुकुमबाट काठमाडौँ तर्फ जाँदै गरेको बस बुधबार बागलुङमा दुर्घटना भएको छ । ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला भलकोटमा दुर्घटना भएको बताइएको छ । बसमा ४० जना हाराहारी यात्रु छन् । बसको ब्रेक फेल भएर १०० मिटर पछाडि बगेर बस पल्टेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले घट्ना स्थलमा भर्खरै प्रहरी पुगेको बताए । ‘हाम्रो टोली भख्ररै घट्नास्थलमा पुगेको छ, मानवीय क्षति भएको अहिलेसम्म थाहा छैन ।’ उनले भने–‘कोही च्यापिनु भएकोछ की साथीहरुले हेर्दै हुनुहुन्छ ।’ यात्रु मध्ये १७ जना सामान्य घाइते भएको र थप…

Read More