घुम्टे खबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला विस्तारित बैठक गलकोटमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै पार्टीका संगठन विभाग गण्डकी प्रदेश प्रमुख तथा केन्द्रीय सदस्य झबिलाल डुम्रेले नजिकिँदै गरेको चुनावी माहोललाई मध्यनजर गर्दै संगठन विस्तारमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले पार्टीको चुनावी रणनीति र एजेन्डा आम नागरिकसम्म पुर्‍याउँदै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा पार्टीका गण्डकी प्रदेश उपसभापति मिना शर्मा आचार्य, बागलुङ जिल्ला उपसभापति ढालेन्द्र रायमाझी, संगठन विभाग प्रमुख तथा प्रदेश सदस्य खिमानन्द पौडेल र पार्टी सदस्य खिमानन्द कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो। बैठकले बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा रोशन कार्की र निर्वाचन क्षेत्र नम्बर २ को…

Read More

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले क्रियाशील सदस्यहरूको नवीकरण सम्पन्न गरी जिल्ला कार्यसमितिमा बुझाएको छ। गत वर्ष पौष महिनामा वडा–वडामा फाराम वितरण गरी नवीकरण प्रक्रिया अघि बढाइएको थियो। क्षेत्रीय समितिले जम्मा ३ हजार ३२७ जना क्रियाशील सदस्यको नवीकरण गरी जिल्लामा पठाएको क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए। सभापति बुढाका अनुसार गalkot नगरपालिकाबाट १ हजार २६२, ढोरपाटन नगरपालिकाबाट ५११, बडिगाड गाउँपालिकाबाट ६२४, निसीखोला गाउँपालिकाबाट ४३७, तमानखोला गाउँपालिकाबाट ३२३ र ताराखोला गाउँपालिकाबाट १७० जना क्रियाशील सदस्यको नवीकरण भएको हो। यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि सबै वडामा ३ हजार १०० फाराम पठाइसकिएको सभापति बुढाले बताए। नयाँ सदस्यता आगामी पौष ८ गतेभित्र क्षेत्रीय…

Read More

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही–१ क्षेत्रबाट आयुसा कँडेललाई प्रत्यक्ष तर्फ महिला उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। पार्टीका अनुसार कँडेललाई सिफारिस गर्ने निर्णयमा “नयाँ पुस्ताको ऊर्जा, स्थानीय नेटवर्क, नीतिगत स्पष्टता र प्रभावशाली कूटनीतिक पहुँच” महत्त्वपूर्ण आधार भएका छन्। नेतृत्वमा रुपान्तरण आवश्यक रहेको तर्कसहित पार्टी संरचनाले उनको उम्मेदवारीलाई प्राथमिकतामा राखेको बताइएको छ। हाल कँडेल राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्यका रूपमा युवा नीति, संरचना, सहभागिता, रोजगारी र नेतृत्व विकासका मुद्दामा सक्रिय रूपमा काम गर्दै आएकी छन्। क्षेत्र नम्बर १ मा अहिले अन्य सम्भावित प्रतिस्पर्धीहरू बलियो देखिन नसकेको, कोही उम्मेदवार नबन्ने र कोही जनतामाझ लोकप्रियता कायम…

Read More

गलकोट नगरपालिका–१० पाण्डवखानीमा आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाबाट स्वीकृत योजनाहरूको कार्यसम्पादनको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो। अभिमुखीकरणमार्फत चालु वर्षमा स्वीकृत ११ वटा योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र शर्माले दिनुभयो। गलकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. १० का सम्पूर्ण जनप्रतिनिधि, वडा सचिव धनुसरा बडुवाल, प्राविधिक नेत्रप्रसाद लामिछाने, वडा नं. ६ का सचिव कमल सापकोटा, योजना सहायक ठाकुर तिमिल्सेना तथा उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम गलकोट नगरपालिका–१० को वडा कार्यालय, पाण्डवखानीमा सम्पन्न गरिएको हो।

Read More

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ। त्यसैगरी समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभाका लागि २ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले तलका व्यक्तिहरूलाई सिफारिस गरेको हो। प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएका १० जनामा किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दल बहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कंडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कंडेल र हरिप्रसाद आचार्य त्यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका ७ जनामध्ये…

Read More

गलकोट नगर अस्पतालमा अब सेवाग्राहीले कागज बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य हुने भएको छ। अस्पतालले डिजिटल स्वास्थ्य कार्ड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो। यो सेवा सञ्चालनमा आएपछि विरामीको प्रयोगशाला रिपोर्ट, प्रिस्क्रिप्सन तथा अन्य स्वास्थ्य विवरण अस्पतालका सम्बन्धित विभागहरूले कम्प्युटरमै हेरेर सेवा प्रदान गर्न सक्नेछन्। यसले गर्दा हात हातमा कागज बोकेर हिँड्नुपर्ने समस्या हट्ने, पुनः भेटमा आउँदा पुर्जा बिर्सने वा हराउने समस्या समाप्त हुने, र सेवा प्रवाहमा छरितोपन, पारदर्शिता र तीव्रगतिमा वृद्धि हुने बताइएको छ।डिजिटल कार्डमार्फत प्राप्त हुने सबै विवरण अस्पतालको डाटा सेन्टरमा सुरक्षित रूपमा भण्डारण हुनेछ, जुन कार्ड जेनेरेट गर्ने विशेष सफ्टवेयरमार्फत सञ्चालित रहनेछ। यस महत्वपूर्ण प्रयासका लागि विश्व स्वास्थ्य संगठन…

Read More

आगामी प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेस बागलुङ–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा युवा नेता देबेन्द्र कुमार घर्ती मगर सिफारिस भएका छन्। यो सिफारिससँगै स्थानीय तहका नेता तथा कार्यकर्ताहरूबाट उनलाई बधाई तथा शुभकामनाका संदेशहरू आउन थालेका छन्। त्यस्तै नेपाल प्रेस युनियन बागलुङ जिल्ला सदस्य सुरेश छन्त्यालले देबेन्द्र कुमार घर्ती मगरप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी यात्रामा सफलताको कामना गरेका छन्। उनले भने, “देश, समाज र विकासप्रतिको उहाँको समर्पणले आगामी यात्रामा सफलताको नयाँ आयाम स्थापित गरोस्।” युवा, इमानदार र विकासमुखी नेतृत्वका रूपमा पहिचान बनाउँदै आएका घर्ती मगरको सिफारिसले बागलुङ–२ मा चुनावी सरगर्मी थपिएको छ। स्थानीयवासीहरूले समेत नयाँ पुस्ताको नेतृत्व उदाउनु…

Read More

प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं ।भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा १ दिने आँखा स्वास्थ्य तालिम सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ हिमालयन आँखा अस्पताल पोखरा धवलागिरी आँखा अस्पताल, बागलुङको आयोजना, महिला जागरण केन्द्र गलकोट नगरपालिका १० पाण्डबखानीको सह-आयोजना र आइ केयर फाउन्डेसनको आर्थिक सहयोगमा स्वास्थ्यकर्मी तथा महिला समूह लगायत अन्य समुहका लागि १ दिने आँखा स्वास्थ्य तालिम संचालन गरिएको आयोजकले जनाएको छ । महिला जागरण केन्द्र पाण्डबखानीकी अध्यक्ष राधिका पुनको अध्यक्षता गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाको प्रमुख आथितियतामा निवर्तमान वडा अध्यक्ष तिलक घर्ती,गलकोट नगरकार्य पालिका सदस्य रामप्रसाद…

Read More

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पहिलोपटक निर्वाचित भएलगत्तै गौरवका योजना भनेर महत्वकांक्षी योजना ल्याए । ती योजनाहरु धेरै चर्चित पनि थिए । नगरले गौरवको योजना भनेपछि प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ५० लाख गरी एक करोडको दरले लगानी गरियो । तर क्रमशः ती योजनालाई बजेट विनियोजन हुन छाडेपछि सडकको अवस्था कमजोर छ । वडा नं. ४ को डाँडाखेतदेखि खरुवा, चमुवाहुँदै निलुवा जाने सडक अहिले एक किमी कालोपत्रे गरिएपछि रोकिएको छ । अहिले पनि निलुवातर्फ सवारीसाधन जानै नसक्ने अवस्था भएको स्थानीयले गुनासो गरे । गत दशैमा सडक मर्मत गरिएकोमा झन् खाल्डाखुल्डीले सवारी जान नसक्ने बनिसकेको स्थानीयले बताए । वडा…

Read More

बागलुङ नगरपालिका–८ सिगानामा आज बरेङबाट बागलुङतर्फ आउँदै गरेको पिक–अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बरेङबाट बागलुङ बजारतर्फ गइरहेको ग ३ च ४८३४ नम्बरको जीप सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का गम्भीर घाइते भएको प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिएका छन्। अन्य घाइतेहरूमा रहेका छन्। सबै घाइतेलाई धौलागिरी अस्पताल, बागलुङमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ।

Read More