नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारबाट जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनताले सरकारबाट विकासको अनुभूति नगरेको पाएको उनले जानकारी दिइन् । वर्तमान सत्ता गठबन्धन राजनीतिक अस्थिरता अन्त्यसँगै संविधान संशोधनका लागि बनेको बताउँदै संग्रौलाले संविधान संशोधनको प्रक्रिया अगाडि नबढेकोमा असन्तुष्टि जनाइन् । यद्यपि सरकारमा २०८४ सालसम्मै कांग्रेस र एमालेबीच सहकार्य हुने उनले बताइन् ।
घुम्टे खबर
गलकोट नगरपालिका वडा नम्वर ९ को खारखोलामा शव फेला परेको छ । गलकोट नगरपालिका वडा नम्वर ११ मजुवा स्थायी घर भई हाल गलकोट नगरपालिका वडा नम्वर ९ खारखोला बस्दै आउनुभएका ३९ वर्षिय नविन बस्यालको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । बिहान साढे ६ बजेको समयमा शव फेला परेको जानकारी प्राप्त भएसँगै प्रहरी घटनास्थलमा पुगेको थियो । शवलाई अहिले पोष्टमार्टमको लागि गलकोट नगर अस्पताल लगिएको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा आजको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने समिति सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए । कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ । अरू वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्थाअनुसार नै काम हुनुपर्नेमा समितिले जोड दिएको छ ।…
सहकारी ठगे जस्तो हुँदैन देश चलाउनप्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन्। आईतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेको हुन्। उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए। देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो। नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए। उनले केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गरे। उनले भने, ‘कहिले कहिले यस्तो लाग्छ बाँसको झ्याङको छेउमा…
गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको ‘रातो घोडा,सेतो घोडा’बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने रातो घोडा सेतो घोडा बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक भुजेलले बताए। डिपी खनालको शब्द शृजना रहेको सार्वजनिक गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ। विश्व अधिकारीको एरेन्ज रहेको सार्वजनिक गीतमा गायक दीपकसँगै सुन्दरी मोडल अस्मिता जुरेलीको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा एक प्रेमीले जोडीले बिताएको रोमान्टिक समयलार्य भिडियोमा कलात्मक शैलीमा निर्देशक राजीव समरले देखाएका छन्।
कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ । डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन् । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।
पाण्डवखानी ब्याडमिन्टन समुह गलकोट नगरपालिका वडा नम्वर १० को आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानी घर भई विदेशमा रहनुभएका पाण्डवखानी समाज जापानका सचिव नरेश छन्त्याल, पाण्डवखानी समाज युकेका सदस्य राजेश छन्त्याल र राजेन्द्र छन्त्याललाई स्वागत तथा सम्मान गरिएको हो । विदेशमा रहेर पनि आफ्नो गाउँठाउँमा सुखदुखमा सहयोग गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको जनाईएको छ । सम्मानित हुने छन्त्यालहरुले ७ हजार ५ सय बराबरको कुर्ची र भित्ते घडी समेत उपलब्ध गराउनुभएको थियो । यसैबिच युके समाज पाण्डवखानीका सदस्य राजेन्द्र छन्त्यालले न्यु घुम्टे एजुकेसनल एकेडेमीलाई १० हजार आर्थिक र ४ हजार बराबरको शैक्षिक सामग्रि हस्तान्तरण…
गलकोटमा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ । कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना तथा गलकोट उद्योग वाणिज्य संघको समन्वयमा गलकोटमा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा कर सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख प्रमोद कुमार श्रीवास्तवले व्यवसायिहरुलाई समयमै कर तिर्नको लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत मोहन आचार्य र राजनमणि शर्माले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा व्यवसायीहरु विरबल श्रेष्ठ, डाक्टर टंक प्रसाद चालिसे, गोविन्द चालिसे, दल बहादुर घर्ती, पदम गौतम लगायतले…
न्वागी मेलाकै लागि लक्षित गरेर वडा नं ५ खार बजार स्थित खार माध्यमिक विद्यालय भने बन्द छ ।बागलुङको बडिगाड गाउँपालिकाका केही शिक्षकहरु विद्यालयमा अध्यापन गराउन छाडेर न्वागी मेलामा व्यस्त भएको पाईएको छ । पौँदीबासीहरुको न्वागी पर्वको अवसरमा जारी न्वागी मेलामा केही विद्यालयका शिक्षकहरु आयोजक समितिको संयोजकमै बसेर माईक छोप्ने हुटहुटीले गर्दा विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको हो । यसरी विद्यालय नै बिदा गरेर बस्ने शिक्षकहरुमा थानापति आधारभूत विद्यालयका राहत शिक्षक रामप्रसाद घिमिरे, पौँदीटारी आधारभूत विद्यालयका शिक्षक बुद्ध परियार रहेका छन् । दुबै शिक्षक आयोजक समिति मध्ये घिमिरे प्रचार प्रसार समिति संयोजक र परियार खेल संयोजक भएर कार्यक्रममा सुरुवाती दिन देखि नै…
ग्रामिण बस्तिबाट संचारमाध्यम संचालन गर्नु नै सबैले गर्व गर्नुपर्ने विषय रहेको समेत बताउनुभएको थियो । घुम्टे प्रसारण मिडिया प्राईभेट लिमिटेडद्धारा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका वडा नम्वर १० घर भई जापानमा कार्यरत रेखा घर्ती र भारतिय सेनामा कार्यरत सागर पुनलाई घुम्टे प्रसारण मिडिया प्राईभेट लिमिटेडद्धारा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले घुम्टे खबरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि वडा तथा नगरको तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै सधैँ सत्य, तथ्य र निष्पक्ष तरिकाले समाचारहरु सम्प्रेषण गर्नको लागि आग्रह गर्नुभएको थियो ।…