नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ। स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ । सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको उनले बताए ।
घुम्टे खबर
बागलुङ । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारिस भएर आएका प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार आकांक्षीको नाम रायसहित प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिबाट प्राप्त सबै नामलाई माथिल्लो समितिमा पठाउने निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले उम्मेदवार सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिकै भएको स्पष्ट पारे । “उम्मेदवार सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिलाई छ, जिल्लाले आफ्नो राय मात्रै दिने हो,” सचिव शर्माले भने, “त्यसै अनुसार क्षेत्रबाट आएका सबै नामलाई रायसहित प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको छ…
गलकोट नगरपालिका–१० पाण्डवखानी दुर्गम बस्ति रमुवा गाउमा पुगि आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाबाट स्वीकृत ५ योजनाको अनुगमन तथा सर्वे कार्य सम्पन्न भएको छ। कार्यक्रममा करिब ३३ जनाको सहभागिता रहेको थियो। अभिमुखीकरण मार्फत चालु वर्षमा स्वीकृत योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र शर्माले दिनुभयो। गलकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्राविधिक नेत्रप्रसाद लामिछाने, वडा नं. ६ का सचिव कमल सापकोटा, योजना सहायक ठाकुर तिमिल्सेना तथा उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम वडा सदस्प कुमार पुनको अध्यक्षतामा सम्पन्न भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला विस्तारित बैठक गलकोटमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै पार्टीका संगठन विभाग गण्डकी प्रदेश प्रमुख तथा केन्द्रीय सदस्य झबिलाल डुम्रेले नजिकिँदै गरेको चुनावी माहोललाई मध्यनजर गर्दै संगठन विस्तारमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले पार्टीको चुनावी रणनीति र एजेन्डा आम नागरिकसम्म पुर्याउँदै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा पार्टीका गण्डकी प्रदेश उपसभापति मिना शर्मा आचार्य, बागलुङ जिल्ला उपसभापति ढालेन्द्र रायमाझी, संगठन विभाग प्रमुख तथा प्रदेश सदस्य खिमानन्द पौडेल र पार्टी सदस्य खिमानन्द कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो। बैठकले बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा रोशन कार्की र निर्वाचन क्षेत्र नम्बर २ को…
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले क्रियाशील सदस्यहरूको नवीकरण सम्पन्न गरी जिल्ला कार्यसमितिमा बुझाएको छ। गत वर्ष पौष महिनामा वडा–वडामा फाराम वितरण गरी नवीकरण प्रक्रिया अघि बढाइएको थियो। क्षेत्रीय समितिले जम्मा ३ हजार ३२७ जना क्रियाशील सदस्यको नवीकरण गरी जिल्लामा पठाएको क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए। सभापति बुढाका अनुसार गalkot नगरपालिकाबाट १ हजार २६२, ढोरपाटन नगरपालिकाबाट ५११, बडिगाड गाउँपालिकाबाट ६२४, निसीखोला गाउँपालिकाबाट ४३७, तमानखोला गाउँपालिकाबाट ३२३ र ताराखोला गाउँपालिकाबाट १७० जना क्रियाशील सदस्यको नवीकरण भएको हो। यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि सबै वडामा ३ हजार १०० फाराम पठाइसकिएको सभापति बुढाले बताए। नयाँ सदस्यता आगामी पौष ८ गतेभित्र क्षेत्रीय…
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही–१ क्षेत्रबाट आयुसा कँडेललाई प्रत्यक्ष तर्फ महिला उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। पार्टीका अनुसार कँडेललाई सिफारिस गर्ने निर्णयमा “नयाँ पुस्ताको ऊर्जा, स्थानीय नेटवर्क, नीतिगत स्पष्टता र प्रभावशाली कूटनीतिक पहुँच” महत्त्वपूर्ण आधार भएका छन्। नेतृत्वमा रुपान्तरण आवश्यक रहेको तर्कसहित पार्टी संरचनाले उनको उम्मेदवारीलाई प्राथमिकतामा राखेको बताइएको छ। हाल कँडेल राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्यका रूपमा युवा नीति, संरचना, सहभागिता, रोजगारी र नेतृत्व विकासका मुद्दामा सक्रिय रूपमा काम गर्दै आएकी छन्। क्षेत्र नम्बर १ मा अहिले अन्य सम्भावित प्रतिस्पर्धीहरू बलियो देखिन नसकेको, कोही उम्मेदवार नबन्ने र कोही जनतामाझ लोकप्रियता कायम…
गलकोट नगरपालिका–१० पाण्डवखानीमा आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाबाट स्वीकृत योजनाहरूको कार्यसम्पादनको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो। अभिमुखीकरणमार्फत चालु वर्षमा स्वीकृत ११ वटा योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र शर्माले दिनुभयो। गलकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. १० का सम्पूर्ण जनप्रतिनिधि, वडा सचिव धनुसरा बडुवाल, प्राविधिक नेत्रप्रसाद लामिछाने, वडा नं. ६ का सचिव कमल सापकोटा, योजना सहायक ठाकुर तिमिल्सेना तथा उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम गलकोट नगरपालिका–१० को वडा कार्यालय, पाण्डवखानीमा सम्पन्न गरिएको हो।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ। त्यसैगरी समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभाका लागि २ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले तलका व्यक्तिहरूलाई सिफारिस गरेको हो। प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएका १० जनामा किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दल बहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कंडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कंडेल र हरिप्रसाद आचार्य त्यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका ७ जनामध्ये…
गलकोट नगर अस्पतालमा अब सेवाग्राहीले कागज बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य हुने भएको छ। अस्पतालले डिजिटल स्वास्थ्य कार्ड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो। यो सेवा सञ्चालनमा आएपछि विरामीको प्रयोगशाला रिपोर्ट, प्रिस्क्रिप्सन तथा अन्य स्वास्थ्य विवरण अस्पतालका सम्बन्धित विभागहरूले कम्प्युटरमै हेरेर सेवा प्रदान गर्न सक्नेछन्। यसले गर्दा हात हातमा कागज बोकेर हिँड्नुपर्ने समस्या हट्ने, पुनः भेटमा आउँदा पुर्जा बिर्सने वा हराउने समस्या समाप्त हुने, र सेवा प्रवाहमा छरितोपन, पारदर्शिता र तीव्रगतिमा वृद्धि हुने बताइएको छ।डिजिटल कार्डमार्फत प्राप्त हुने सबै विवरण अस्पतालको डाटा सेन्टरमा सुरक्षित रूपमा भण्डारण हुनेछ, जुन कार्ड जेनेरेट गर्ने विशेष सफ्टवेयरमार्फत सञ्चालित रहनेछ। यस महत्वपूर्ण प्रयासका लागि विश्व स्वास्थ्य संगठन…
आगामी प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेस बागलुङ–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा युवा नेता देबेन्द्र कुमार घर्ती मगर सिफारिस भएका छन्। यो सिफारिससँगै स्थानीय तहका नेता तथा कार्यकर्ताहरूबाट उनलाई बधाई तथा शुभकामनाका संदेशहरू आउन थालेका छन्। त्यस्तै नेपाल प्रेस युनियन बागलुङ जिल्ला सदस्य सुरेश छन्त्यालले देबेन्द्र कुमार घर्ती मगरप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी यात्रामा सफलताको कामना गरेका छन्। उनले भने, “देश, समाज र विकासप्रतिको उहाँको समर्पणले आगामी यात्रामा सफलताको नयाँ आयाम स्थापित गरोस्।” युवा, इमानदार र विकासमुखी नेतृत्वका रूपमा पहिचान बनाउँदै आएका घर्ती मगरको सिफारिसले बागलुङ–२ मा चुनावी सरगर्मी थपिएको छ। स्थानीयवासीहरूले समेत नयाँ पुस्ताको नेतृत्व उदाउनु…